Unspoken thoughts

हराउन देउ मलाई,
एक्लो संसारमा
रम्न देउ मलाई,
त्यहीं संसारमा ।
हारिसके मैले ,
धेरै नै पहिला
जितको खोजीमा हिँड्न त खोज्छु म,
तर चल्दैनन् ती मेरा पाइला ।
खोज्दै छु म मलाई नै,
कतै भेटिहाल्छु कि
निहाल्दै छु म आफैलाई,
साँच्चै म हराएकै हो कि ।






