Will you?

मेरा हर कविताका शीर्षक बनिदेउ ल तिमी
सुन्दर शब्दहरू र विषयवस्तुहरु म नै चुनुम्ला ।
मेरा हर गन्तव्यका सहयात्री बनिदेउ ल तिमी
धेरै उचाइमा पुग्ने बाटाहरू म आफै रोजौला।
मेरा हर उताब चढावमा साथ बनिदेउ ल तिमी
अघि हिड्नलाई राम्रो बाटो म आफैं छानौला।
मात्र केही समय साथ देउ ल, प्रिय तिमी
त्यस पछाडिका जिन्दगी खुसी साथ सँगै रमाउला।
है ,,!
मलाई आशा छ तिमी अवश्य नै हुन्छ भन्नेछौं
तिमी मेरा हर एक क्षणमा साथ दिनेछौ
यात्रामा तिमी मैसँग हिँड्नेछौ
सुख दुःख मैसँग काट्नेछौ
तिम्रा दुःखका ती दिनहरू बिर्सिएर खुसी हुनेछौ
तिमी जिन्दगीभरको लागि मेरै हुनेछौ
हुनेछौ हुनेछौ
Comments
Join the discussionNo comments yet. Be the first to comment.





